त्रिशूली अस्पतालले स्वाब संकलन नगर्ने

मंसिर ९, २०७७ मा प्रकाशित | 1684 views

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले कोरोना भाइरस जाँचका लागी सातामा दुई पटक संकलन गर्दै आएको स्वाब अबदेखि नलिने भएको छ ।

अस्पतालमा कोरोना भाइरस जाँचको लागी स्वाब संकलन कार्यले कोरोना सक्रमितको आउजाउ बढेर अस्पतालमा सक्रमणको जोखिम बढ्ने देखिएसगैँ स्वाब संकलन नगर्ने निर्णय गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दिपेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँको अनुसार अस्पताल प्रशासन, स्वास्थ्य कार्यालय नुवाकोट र विदुर नगरपालिकाबीच भएको बैठकको निर्णय अनुसार हरेक साता सोमबार र बिहीबार संकलन गरिदै आएको स्वाब अबदेखि अनिश्चित समयसम्म बन्द गरिएको हो ।

अस्पतालले स्वाब संकलन मापदण्ड बनाई यसअघि स्वाब संकलन गर्ने क्रममा बढ्दो सङ्ख्या र हुने गरेको ‘अब्यवस्थित भीड’ रोक्न चुनौती देखिएकाले भाइरसको सक्रमण अस्पतालभित्रै फैलने जोखिमले स्वाब संकलन बन्द गर्न बाध्य भएको अस्पतालले जनाएको छ । कोरोना जाँचको लागी अस्पतालमा स्वाब दिने सुविधा बन्द भएपनि आफू बसेकै स्थानीयतह मार्फत स्वाब संकलन गरिएको नमूनाको परीक्षण अस्पतालले निःशुल्क जाँच गर्ने सुविधा कायमै रहेको जनाएको छ ।

सबै सेवाग्राहीको लागी स्वाब संकलन बन्द गरेपनि अस्पतालमा आकस्मिक अबस्थामा सेवा लिन पुग्ने, भर्ना भएका, शल्यक्रिया गर्नुपर्ने तथा बहिरंग विभागमा जाँच गराउने बिरामीमा कोरोना भाइरसका मिल्दोजुल्दो लक्षण देखिए जुनसुकै समयमा स्वाब संकलन र परीक्षण गरिने अस्पतालका मेसु  डा.पाण्डेले जानकारी दिनुभयो ।

त्रिशूली अस्पतालले गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा सञ्चालनमा ल्याएसगैँ नुवाकोट सहित रसुवा, धादिङ लगायतबा स्थानबाट संकलन गरिएको स्वाबको परीक्षण गर्न सहज हुदै आएको छ ।–––

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web