दुप्चेश्वर र शिवपुरीमा आठआठ बेडको आइशोलेसन कक्ष

अशोज ७, २०७७ मा प्रकाशित | 2404 views

विदुर । कोरोना रोगको सक्रमणको जोखिम न्युनिकरणको लागी कोरोना रोग लागेका बिरामीलाई चिकित्सकको निगरानी राख्न समुन्द्रटार आठ बेडको आइशोलेसन कक्ष स्थापना भएको छ ।

रुडेक नेपालको सहयोगमा दुप्चेश्वर गाउँपालिकाले समुन्द्रटार स्वास्थ्य चौकीमा सञ्चालनमा आएको आठ बेडको आइशोलेसन कक्षको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले उद्घाटन गर्नुभएको हो ।

आइशोलेसन कक्ष स्थापना पश्चात दुप्चेश्वर गाउँपालिकामा कोरोना रोगको सक्रमण देखिएका व्यक्तिको लागी राख्न तथा स्वास्थ्य उपचारको लागी सहयोग पुग्ने गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभएको छ ।

आइशोलेसन कक्षमा डाक्टर सहितको सुविधा उपलब्ध गराउने भएपनि तत्कालको लागी एच.ए. मार्फत सेवा सुरु भएको छ । त्रिशूली अस्पतालका चिकित्सकसंगको समन्वयनमा सेवा पुराउने गरेर सुरु गरिएको आइशोलेसन कक्षमा आवश्यक पर्ने बेड, अक्सिजन लगायतको सेवा सामािजक सँस्था रुडेक नेपालले उपलब्ध गराएको हो ।

यसैगरी, दुप्चेश्वर गाउँपालिकाले कोरोना रोगको बढ्दो जोखिमसगैँ नियन्त्रणको लागी कार्यक्रम सञ्चालन गर्दै आएकाले आम नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन तथा सुरक्षित रहन गाउँपालिका अध्यक्ष योविन्द्रसिंह तामाङले अपिल गर्नुभएको छ ।

यसैगरी, शिवपुरी गाउँपालिकामा पनि आठ बेडको कोभिड आईसोलेसन कक्ष स्थापनाको लागी आवश्यक तयारी अन्तिम चरणमा पुराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web