खुल्यो उपत्यका, निषेधाज्ञा खुकुलो, गाडी पनि सञ्चालनमा

भदौ २४, २०७७ मा प्रकाशित | 2555 views

<p><b>काठमाडौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बिहीबार) देखि केही खुकुलो हुने भएको छ। काठमाडौंका उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बिहीबारदेखि व्यापार, व्यवसाय र यातायात सञ्‍चालन गर्न दिने निर्णय भएको जानकारी दिए। भोलिदेखि सबै प्रकारका व्यापार-व्यवसाय सशर्त खुल्ने भएका हुन्। भदौ ४ गतेदेखि जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात र व्यापार व्यवसाय खोल्ने निर्णय भएको दाहालले बताए।&nbsp;</b></p><p><b> यातायातमा जोरबिजोर भोलिदेखि काठमाडौं जिल्ला भित्र निजी तथा सार्वजनिक यातायात जोरबिजोर प्रणालीमार्फत सञ्चालन गरिने प्रजिअ दाहालले थाहासंचार नेटवर्कलाई जानकारी दिए। ‘भोलिदेखि व्यापार व्यवसाय पनि प्राय सबै खुल्नेछन् तर दिन अनुसार’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, 'हप्ताको दुई वा तीन दिनको तालिका मिलाइरहेका छौं। </b></p><p><b>व्यापारको प्रकृति अनुसार समय पनि तोकेका छौं।’&nbsp; विशेषगरी व्यापार व्यवसायलाई लक्षित गरेर निषेधाज्ञा खुकुलो बनाइएको उनले बताएका छन्। दाहालका अनुसार अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहनेछ। उपत्यका छिर्ने नाकामा यसअघि झैँ कडाइ गरिनेछ। त्यसैगरी धेरै भिडभाड हुने क्षेत्र बन्द नै रहनेछन्।&nbsp;</b><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web