नुवाकोटमा गाई काटेको आरोपमा एकजना पक्राउ, नौ जना फरार

भदौ २२, २०७७ मा प्रकाशित | 2453 views

<p><b>विदुर । नुवाकोटको तादी गाउँपालिकामा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तादी–३ को टुटुङमा गाई काटेको अभियोगमा तादी–१ उर्लेनीका ३० वर्षका सुरेशजंग लामालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले गाई काटेर मासु भाग लगाउने तयारी गरिरहेको समयमा प्रहरी घटनास्थलमा पुगेको थियो ।</b></p><p><b> पाल्नका लागि भनेर खरिद गरेर ल्याएको गाई बाटोमै काटेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीले फरार भएकाको खोजी जारी रहेको बताए । पक्राउ परेकालाई फौजदारी संहिता, २०७४ को परिच्छेद २७ मा उल्लेख भएबमोजिम र ‘पशुपक्षी सम्बन्धी कसूर’ अनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।&nbsp;</b><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web