गंगटे । नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ गगंटेमा रहेको बर्ड स्टोन क्रसर उध्योग प्रालीसंग नाम जोडेर भएको टिकाटिप्पणी प्रति खण्डन गरेको छ । प्रालीका अध्यक्ष बिनादेराज विज्ञप्ती जारी गर्दै कानुन अनुसार स्थापना भएको, सामाजिक उत्तरदायित्वको बहन, विदुर नगरपालिका र अन्य नियामक निकायमा राजश्व दाखिला गरेर सञ्चालनमा रहेको उद्योगको सम्बन्धमा भएको टिकाटिप्पणी गलत भएको बताउनुभएको छ ।

बर्ड स्टोन क्रसर उध्योग प्रालीका अध्यक्ष बिनोद राज श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्ती यस्तो छ ।

बिगतको केही दिन देखि सामाजिक संजाल र स्थानियको नाममा भएको उजुरी संबन्धमा यस बर्ड स्टोन क्रसर को अध्यक्षको हैसियतले केही कुरा स्पस्ट गर्न चाहन्छु ।

यो क्रसर २०५० सालमा दर्ता भएर केही समय बन्द भै पुनः संचालनमा ल्याएको हो । एउटै वडा भित्र र करिब ५०० मिटरको दुरीमा स्थानान्तरण गर्दा कुनै निकायमा जानकारी गराउन नपर्ने नियम र तत्कालिन कानूनी व्यवस्था रहेको अवगत नै रहेको छ ।

जहाँ सम्म वरिपरिको जग्गावालाहरुको सरोकार छ, क्रसर रहेको स्थानको करिब ८०–९० रोपानी जग्गा हामी स्वंयले नै भाडामा लिएका छौ । हाम्रो क्रसरले बिदुर नगरपालिकालाई उत्खनन कर (सामान स्टकमा भएको) नगरपालिकाकै निर्णय अनुरुप ५४ लाख २५ हजार कर बुझाएका छौ । हाम्रै क्रसरले बालुवा रोडा बापत को कर (ठेक्का मार्फत) करिब ३ करोड कर पनि बुझाएका छौं । गत बर्ष मात्र करिब ४५ लाख रुपैयाँ आयकर बुझाएको छौ र १४ लाख करिब अग्रिम आयकर बुझाएका छौ । ३० जनालाई प्रत्यक्ष र ५० जना भन्दा बढीलाई अप्रत्यक्ष रोजगारी यही क्रसर उद्योग मार्फत पाउदै आइरहेका छन् ।

करिब ५० लाख रुपैया बैकलाई ब्याज बुझाएका छौ ,क्रसर रहेको स्थानको करिब ५०० रोपनी बगरको खेती अयोग्य जग्गालाई हामीले बार्षिक भाडा बुझाई रहेको छौ । गंगटे माझिटार खानेपानीलाई निःशुल्क बत्ती उपलब्ध गराएका छौ । विभिन्न स्कुलमा करिब २० जना बिद्यार्थीलाई छात्रबृती प्रदान गरेका छौ भने यसको साथै मरणपाटी, मन्दिर सार्बजनिक बाटो संघ संस्था, क्लबहरुलाई कसैलाई छुटमा र कसैलाई निःशुल्क गिट्टी, बालुवा उपलब्ध गराएका छौ । पहिलो पटक होला राज्यमा नगरपालिकाले उद्योगको उत्पाद्नको बिक्रि मूल्य तोकेको र त्यै पनि हामीले स्वीकार गरेर सोही अनुसार चल्दै आएका छौ । अरु सामाजिक उत्तरदायित्व पनि निर्बाहलाई निरन्तर चल्दै आएका छौ । हामी आफैले कृषि ब्यबसाय तिरपनि अग्रसर भएर लागि रहेको छौ ।

के यस्तै काम गर्दा हामी तस्कर भएका हौ ? ब्यबसाय गरेर खानको लागि कस्को र कुन ब्यक्ति रिझाउन पर्ने हो ? र किन ? के हाम्रो क्रसर स्थापना पछि मात्र ढुंगा बालुवा उत्खनन गर्न थालिएको हो त ? ढुंगा बालुवा जस्ता प्राकृतिक श्रोतको बिकल्प के हो त ? हाम्रो ब्यबसायमा संचालक नरहेका राजनीतिज्ञ रमेश महत सहित कुनै पनि ब्यक्तिगत फाइदा नलिएको विदुर नपाका मेयर लगायतको चरित्र हत्याको प्रयास किन ? र को बाट संचालित गुटबाट गरिएको हो बुझ्न सकिएको छैन । प्राकृतिक श्रोत साधन प्रयोग गर्ने , सिमेन्ट उध्योग, हाइड्रोपावर, इंटा उद्योग, ह्युम पाइप, सिमेन्ट ब्लक, काठका समिलहरु, फलामका उद्योगहरु, विभिन्न निर्माण कम्पनीहरु सबै नै अबैध तस्कर नै हो भन्न खोजिएको हो त ? हैन भने क्रसर उद्योग माथी मात्रै के स्वार्थले अनावश्यक टिप्पणी र आलोचना गरिएको हो ? त्यसलाई आगामी दिनमा झलङ्र्ग पार्नुपर्ने अबस्था नआओस् । हामी कसैलाई ब्यक्तिगत फाइदा दिन तयार छैनौ यहि त्यसो हो भने हामी स्वार्थ समूहको आफ्नो लुटतन्त्रको चाहना पर्दाफास गर्नपर्ने अबस्था नबनोस भनेर सचेत समेत गराउदछौ ।

बिनोद राज श्रेष्ठ, अध्यक्ष, बर्ड स्टोन क्रसर उध्योग प्राली्

विदुर नगरपालिका वडा नं. ५ नुवाकोट ।

26.02¡ÆC