कोरोना रोगको सक्रमणको कारण थप ११ को मृत्यु, ज्यान गुमाउनेको सङ्ख्या २३९ पुग्यो

भदौ १६, २०७७ मा प्रकाशित | 1789 views

काठमाडौ । नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दाे दिशामा रहेकाे छ ।  पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र १० जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।

महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष,  सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडाैंमा ३४ र ६०, मकवानपुरमा ५८  वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ ।

यसरी मङ्गलबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले शून्य दशमलब ५९ प्रतिशतमा उक्लेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web