एक हजार ६९ जना सङ्क्रमित थपिए, कुल सक्रमित ४० हजार ५२९ पुग्यो

भदौ १६, २०७७ मा प्रकाशित | 1745 views

काठमाडौ । नेपालमा एक हजार ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३४४ महिलासहित  एक हजार ६९ जना कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएको थियो । सकृय सङ्क्रमितहरू १८ हजार ११२ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ८३२ र हाेम आइसाेलेसनमा सात हजार २८० छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४० हजार  पुगेको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २२ हजार १७८ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू सात हजार ३९० रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web