लोकप्रिय गायक तथा नेकपाका नेता माइला लामा धरौटी रकम अभावले जेल चलान

फाल्गुन ७, २०७६ मा प्रकाशित | 6022 views

काठमाडौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन उपत्यका इन्चार्ज माईला लामालाई संखुवासभा अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हात हतियार तथा खरखजाना मुद्धामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भएपनि रकम बुझाउन नसकेपछि लामा पुनः जेल गएका हुन् ।

सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्धामा पक्राउ गरिरहेको छ ।

एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गरेपनि अन्य मुद्धा लगाएर अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्‍याईएको थियो  । सुनसरीबाट समेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा पुर्‍याईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web