रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नियुक्त

माघ २९, २०७६ मा प्रकाशित | 5185 views

<p>हेटौडा ।&nbsp; वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुनुभएको छ ।&nbsp; नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो ।&nbsp;</p><p>तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैले सम्हाल्दै आउनुभएको थियो । फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नुभएको हो । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।&nbsp;</p><p>वाग्मती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लाग्नुभएको हो ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web