भूकम्पले लडेका घर बनाउन विश्व बैंकबाट २२ अर्ब ८० करोड प्राप्त

माघ २४, २०७६ मा प्रकाशित | 1833 views

<p>विदुर । विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुृभएको हो । दोश्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौताअनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ । विश्व बैंकले नेपालमा भूकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ । विश्व बैंकले वर्ष अघिपनि ५५ हजार घर पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।&nbsp;<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web