बागमती प्रदेस सरकारले विद्युतीय बस सञ्चालन गर्ने

माघ २४, २०७६ मा प्रकाशित | 1722 views

<p>विदुर । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ ।<br></p><p>संघीय सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारले साझा यातायातलाई ३० करोड रुपैया रकम दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । यस्तै, प्रदेश सरकारले&nbsp; अब बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारीले दिनुभयो ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web