घ्याङफेदीबाट हराएका दुई युवा अझै भेट्टिएनन्

माघ ७, २०७६ मा प्रकाशित | 683 views

रोश्नी ज्योती

विदुर । नुवाकोटको घ्याङफेदीबाट सम्पर्क बिहिन भएका दुई युवाको अवस्था अझै अन्योल भएको छ ।

सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं १ घ्याङफेदीको फेदीबाट शुक्रबारदेखि हराएकाले खोजी भइरहेपनि अबस्था थाहाँ पाउन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी समुन्द्रटारका प्रहरी सहायक निरीक्षक गेलालाल यादवको शुक्रबार दिउसोँ फेदीबाट तालुकेसरी जान लागेका उनीहरु निरन्तरको वर्षाको कारण पुनः घ्याङफेदीको वस्तीतर्फ फर्कने क्रममा बीच बाटोबाटै हराएको भनेर परिवारले दिएको जानकारीको आधारमा सोमबारपनि खोजी गरेपनि अबस्था थाहा पाउन नसकिएको हो ।

उनीहरुले आफूहरु जंगल क्षेत्रमा फसेकाले उद्धार गरिदिन गरेको आग्रह अनुसार प्रशासन र प्रहरीलाई जानकारी गराएका आफन्तहरुले सोमबारपनि दिनभर हेलिकोप्टर मार्फत खोजी जारी राखेका थिए । हराएका व्यक्तिको खोजीको लागी, स्थानीयबासी, प्रहरीको सहयोगमा हेलिकोप्टर मार्फत खोजी गरेपनि उनीहरु हराएको स्थानमा पुग्न नसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन लामाले बताउनुभयो । उहाँहरु सोमबार बिहानै देखि खोजीमा लागेर साँझ मात्र फर्कनुभएको थियो ।

दुई युवा हराएको भनिएको स्थानमा क्षेत्रमा घाम लागेर हेलिकोप्टर मार्फत खोज्न सहज भएपनि पाँच फिटसम्म हिउँ जमेको र बाटो पत्ता लगाउन नसकेकाले खोजिगर्न कठिनाई देखिएको स्थानीयबासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web