रामहरि न्यौपाने,

विदुर । गोसाइँकुण्ड पदयात्रामा निस्केका दुई युवा नुवाकोटको घ्याङफेदीबाट सम्पर्क बिहिन भएका छन् ।

सिन्धुपाल्चोक हेलम्बुका २२ वर्षका वाङ्गेल तामाङ र काठमाडौ जोरपाटीका २० वर्षका जापान तामाङ नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको फेदी भन्ने स्थानबाट हराइरहेको जानकारी शुक्रबार पाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) अविनारायण काफ्लेले जानकारी दिनुभयो ।

उहाँको अनुसार सिन्धुपाल्चोकहुदैँ नुवाकोटको घ्याङफेदी आइपुगेका ती युवा फेदीबाट तालुकसेरी जान लागेको र हिमपातले पुराएको अबरोधका कारण बस्तीतर्फ फर्कनेक्रममा जंगल क्षेत्रबाट सम्पर्क बिहिन भएका हुन् । फर्कने क्रममा उनीहरुले आफन्तलाई शुक्रबार राती करीब १० बजे फोन मार्फत जतिसक्दो चाडो उद्धार गरिदिन आग्रह गरेपनि प्रतिकुल मौसमका कारण शनिबार मात्र उद्धार समूह त्यसतर्फ प्रस्थान गरेको थियो । उनीहरु हराएको भनिएको स्थानमा खोजी गरेपनि अबस्था थाहा पाउन नसकिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल जानकारी दिनुभयो ।

शुक्रबारदेखि नै उनीहरुको खोजीको लागी प्रहरी चौकी समुन्द्रटारले स्थानीयबासीको सहयोगमा स्थलगत र शनिबारदेखि काठमाडौबाट आएको हेलिकोप्टर मार्फत समेत खोजी गरेपनि भेट्टाउन सकिएको छैन् ।

जापान तामाङले दिदी सुस्मितालाई शुक्रबार राती फोन गरेर आफूहरु जंगल क्षेत्रको खोँचमा फसेको र अत्याधिक हिमपातका कारण चिसो भएर कठ्याङ्ग्रिएको भनेपछि उनीहरुको परिवारबाट पाएको सूचनाले नुवाकोट र रसुवा दुवै जिल्लाबाट खोजी तिव्र बनाइए छ ।

“परिवारलाई दिएको सूचना एवम् उनीहरुले बोकेको मोबाइल ‘लोकेशन’ पछ्याएर हराइरहेका युवाको खोजीमा हेलिकोप्टर र स्थलगत रुपमा उद्धार टोली परिचालन गरेपनि प्रतिकुल मौसमका कारण स्थान थाहा पाउन कठिन भएको छ ।” नुवाकोटका प्रजिअ पोखरेलले भन्नुभयो ।

लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाका अनुसार उनीहरु हराएको भनिएको स्थानमा अबिरल वर्षा सहित हिमपात चलिरहेको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तरगत पर्ने चार हजार मि. उचारईको जंगलमा बाक्लो हुस्सु समेत लागेको कारण उद्धारको लागी उनीहरु आउजाउ गरेको स्थानमा खोजी गरेपनि अबस्था थाहा पाउन नसकिएको हो । –––

27.64¡ÆC