देशभर बर्षा, माथिल्लो क्षेत्रमा हिमपात

माघ ३, २०७६ मा प्रकाशित | 598 views

विदुर । देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले नुवाकोट, रसुवा, धादिङ, काठमाडौसहित देशका विभिन्न ठाउँमा हिजो बिहानदेखि अहिलेसम्म पनि बर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ । उहाँको अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको बायु प्रणाली हिजोदेखि  मध्य क्षेत्रमा फैलिएर बर्षा र हिमपात भएको हो ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको प्रणालीले हिजो रातीसम्ममा नेपालको पूर्वीय क्षेत्रमा समेत पानी र हिमपात गराएको उहाँले बताउनुभएको छ । लगातार झरीको सम्भावना भने नभएको तर, बर्षा र हिमपातको चिसोबाट बच्नको लागी आग्रह गरिएको छ ।

हिजोदेखि सुरु भएको झरी आजपनि देशभरि नै जारी रहने मौसम पूर्णरुपमा प्रतिकुल रहने देखिएको छ । जारी रहेको बर्षा सहित हिमपातमा भोलि शनिबारदेखि भने सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web