<p>धादिङ । धादिङमा दुई बच्चासहित दम्पत्तिले बिहीबार साँझ त्रिशुली नदीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा धादिङ र त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट हामहाल्दा श्रीमानको उद्धार भएको छ भने महिलाको मृत्यु भएको छ । उनीहरुको ६ महिना र दुई वर्षका दुई छोरालाई नदीले बगाएर बेपत्ता बनाएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।<br></p><p>काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेलाई प्रहरीले उद्धार पछि नियन्त्रणमा लिएको छ । उनले हामफाल्नुको कारण खुलाउन नचाहेकाले अनुसन्धान भइरहेको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभएको छ । विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो ।</p><p> प्रहरीले उनीहरुबीचको मनमुटावको कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ । </p>
23.32¡ÆC