प्रहरीको गाडी दुर्घटनामा जवानको मृत्यु, ३१ घाइते

माघ १, २०७६ मा प्रकाशित | 637 views

<p>दासढुङ्गा । तनहुँमा प्रहरीको ट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने ३१ जना प्रहरी घाइते भएका छन् । दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो । अन्य घाइतेहरुको भने पहिचान खुल्न बाँकी छ। तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दुर्घटनामा परेको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवनको देवघाटमा लागेको मेलामा सुरक्षा प्रदान गर्न गएको प्रहरीसहितको ट्रक दुर्घटनामा परेको हो।<br></p><p>देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए । घाइते मध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web