चिनियाँ राष्ट्रपति आउदाँ विद्युत सेवा अबरुद्ध हुन नदिन प्राधिकरणलाई आग्रह

अशोज २३, २०७६ मा प्रकाशित | 5975 views

काठमाडौ । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई लक्षित गरेर बिजुली प्रवाहलाई उच्च प्राथमिकता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले नेपाल विद्युत प्राधिकरणलाई आग्रह गरेको छ ।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको बेला फूलचोकीमा रहेको कम्युनिकेशन टावर र भट्टेडाँडामा रहेको  राडार स्टेशनमा निरन्तर विद्युत प्रवाह जरुरी रहेकाले उच्च प्राथमिकता दिएर विद्युत आपूर्ति गर्न विमानस्थलले प्राधिकरणलाई आग्रह गरेको हो ।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म बिजुली पुग्ने नयाँ बानेश्वर र चावहिल फिडरको डेडिकेटेड लाइनलाई उच्च प्राथमिकतामा राख्न पनि विमानस्थलले अनुरोध गरेको छ ।

२५ गते शनिबार चिनियाँ राष्ट्रपति नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणका बेला कुनै कमजोरी नहोस् भनेर सरकारले सबैजसो क्षेत्रको सेवा चुस्त बनाउने कोसिस भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web