कृषि बैंकबाट रकम चोर्नेमा नुवाकोटका दुई र रसुवाको तीन सहित १२ जना पक्राउ

अशोज ८, २०७६ मा प्रकाशित | 10476 views

काठमाडौ । बैंक तथा वित्तीय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढी रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी योजनामा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ,  निर्मला तामाङ, निमा तामाङ,नुवाकोटका लवाङ तामाङ र नुवाकोट घर भएर काठमाडौं काभ्रेस्थली बस्ने संजय घले रहेका छन् ।

यस्तै, अन्यमासर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकबाट हालसम्म एकीन खुल्न आएको रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको रकमको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले पानस रेमिट नयाँबानेश्वरबाट पनि १२ लाख रुपैयाँ ह्याक गरेको खुलासा भएको पनि उनले बताए ।

महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भनिने पिटरले नेपालीहरुलाई सम्पर्क गरी बैंक तथा वित्तीय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । रकम निकालेर भारत पठाउनेलाई जम्मा रकमको १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरी सो काममा लगाइएको अनुसन्धानमा खुल्न आएको महाशाखाका प्रमुख थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web