विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालको शानदार जित

भदौ २४, २०७६ मा प्रकाशित | 24035 views

<p>काठमाडौं ।&nbsp; फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले चाइनिज
ताइपेविरुद्ध शानदार जित हात पारेको छ। अञ्‍जन विष्टको दुई गोलले विश्‍वकप
२०२२ को दोस्रो चरण तथा एसिया कप २०२३ को फाइनल छनोटअन्तर्गत चाइनिज
ताइपेइमाथि २-० को जित हासिल गरेको छ। तेस्रो मिनेटमा विपक्षी टोलीका
खेलाडीले नेपाली मिडफिल्डर रवि पासवानमाथि फाउल गरेपछि पाएको फ्र(–किकबाट
आएको बलमा गोल गर्दै अञ्‍जनले अग्रता दिलाएका थिए। खेलको तेस्रो मिनेटमा
अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहा गोलमा परिणत भएको
थियो। यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत
मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्र नजिकैबाट
पहिलो दोस्रो गोल गरेका हुन्।<br><br>यस नतिजासँगै नेपाल अंक तालिकाको
पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३(३ अंक जोडेको
जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन्।&nbsp; गत जुनमा भएको नेपाल-ताइपेइबीच
भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। नेपालले
कुवेतविरुद्धको पहिलो खेलमा ७-० को फराकिलो अन्तरमा पराजय बेहोरेको थियो
भने चाइनिज ताइपेइले जोर्डनसँग २-१ को साँघुरो पराजय भोगेको थियो। नेपालले
आगामी खेल असोज १५ गते जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्ने छ।<br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web