प्रचण्डका घरबेटी समेत रहेका कालोसूचीको कम्पनीलाई मेलम्चीको ठेक्का

भदौ २४, २०७६ मा प्रकाशित | 10554 views

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का कालो सूचीमा रहेको बदमास कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसअघि देखि नै बिवादमा पर्दै आईरहेका निर्माण व्यवसायी तथा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले मेलम्चीको ठेक्का हत्याउन सफल भएका छन् । उनको कम्पनी शैलुङ कन्स्ट्रक्सन ले झण्डै डेढ अर्बमा उक्त ठेक्का पाएको हो ।

कम्पनीले आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो । जुन एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा सम्झौता भएको छ । आयोजना निर्देशनालय कार्यालयका अनुसार अधिकारीको कम्पनीले सबैभन्दा कम रकम कबोल गरेकाले मेलम्चीको पाइपलाइन बिस्तारको सम्झौता भएको हो ।

उक्त काम कम्पनीले ३० महिनाभित्र सक्नु पर्नेछ । ठेक्का सम्झौता भएसंगै कम्पनीले पाइपलाइन बिस्तारको काम अघि बढाईसकेको छ । शैलुङ निर्माण कम्पनी सरकारको कालोसूचिमा रहेको कम्पनी हो । यही कम्पनीले जिम्मेवारी पाएको बालाजु, ककनी, रानीपौवा, पैतिसकिला पिपलटार सडक तोकिएको समय भन्दा निकै ढिलासम्म पनि नबनाइ बिगारेर छाडिरहेको छ । यो विषयको कारण प्रचण्डलाई तीन महिना अघि नुवाकोटको रानीपौवाको एक कार्यक्रममा आउदाँ यहाँका जनतादेखि जनप्रतिनिधिले समेत प्रश्न गरेका थिए । उक्त समयमा प्रचण्डले आफ्नो ध्यानाकर्षण भएको जनाएपनि सडकको अबस्था झन बेहाल भएको छ ।

उक्त कार्यक्रममा जनता र जनप्रतिनिधिहरुले गम्भीर ध्यानाकर्षण गराएपछि  प्रचण्डले आफ्नो बचाऊ गर्दै म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर संघीय सांसद् हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन भनेका थिए ।

त्यो समयमा प्रचण्डको भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिक अधिकारीमाथि कारबाहीको डण्डा चलाउन आशा लागेको भएपनि अहिले मेलम्चीसंग सम्बन्धित ठेक्का पनि त्यही कम्पनीले पाएपछि प्रचण्डको भनाई पनि हावादारी भएको प्रष्ट भएको छ । स्थानीय र जनताका सामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनादेना नरहेको बताउन नचुकेका कारण स्थानीय सरकारले उनीमाथि कारबाही चलाउन सक्ने अनुमान अहिले फेल खाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web