विदुर । शनिबार राती परेको अविरल वर्षाको कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ । इलाका प्रहरी कार्यालय खरानीटारको अनुसार अविरल बर्षाको कारण तादी गाउँपालिका वडा नं. २ को कोषगाढेखोला र वडा नं. ४ को घट्टेखोलामा आएको बाढीले स्थानीय दुई परिवारको घर लडाएको छ भने कुटानीपिसानी गर्ने मिल बगाएको छ ।
केही स्थानमा पशु–चौपाय समेत बगाएको छ । पहिरोले वडा नं. २ को रालुकामा छ घर जोखिममा परेको स्थानीय युवा प्रदिप शर्माले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेश महतोका अनुसार वडा नं. २ का श्यामबहादुर थापाको घर पहिरोले पुरिएको छ भने उहाँको गोठ कोषगाढे खोलामा आएको बाढीले बगाएको छ । सोही स्थानका सोमनाथ सापकोटाको घर र उहाँले सञ्चालन गर्दै आएको कुटानी पिसानी गर्ने मिल बगाएको छ भने एउटा गाई सहित गोठ नै बगाएको छ ।

बाढीको कटानका कारण स्थानीय हरि थापा, कृष्ण थापा, बासु थापा, शिशिर उप्रेती, शिब दाहाल, कुमार शिबभक्ति, गोबिन्दलाल पण्डित, कृष्णप्रसाद लामिछाने, सुराम तामाङ, मछिन्द्र तामाङ, सुमन थापा लगायतका किसानले धान लगाएको सयौ रोपनी जग्गाको धानबालीमा क्षति पुगेको छ । धानखेत हुदैँ अहिले खोला बगिरहेको छ ।

बाढीले वडा नं. २ र ४ जोड्ने झोलुङ्गे पुल बगाएको छ भने तादी गापाबाट दुप्चेश्वर गापा जाने खरनीटार–समुन्द्रटार सडक खण्डको पक्कि पुलमा समेत क्षति पु-याएको छ । पुलको पर्खाल बगाउदा यातायात सञ्चालन प्रभावित भएको सोही स्थान बासिन्दा समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।

पासाङल्यामु सडक अबरुद्ध :
यसैबीच, शनिबार राती परेको वर्षाको कारण त्रिशूली–ककनी–बालाजु पासाङल्यामु सडक खण्ड अबरुद्ध भएको छ । प्रहरी चौकी ककनीको अनुसार ककनी गाउँपालिका वडा नं. २ को बाह्रमाइल र खानीखोला भन्ने स्थानमा लेदो सहित आएको बाढी सडक अबरुद्ध भएको हो । अबरुद्ध सडक सञ्चालनको लागी पहल भइरहेको प्रहरीले जनाएको छ । उक्त सडक खण्डमा सानाठूला गरेर चार स्थानमा पहिरो गएको जिल्ला प्रहरी प्रमुख अबिनारायण काफ्लेले जानकारी दिनुभयो ।

20.23¡ÆC