रवि लामिछाने, युवराज र अस्मिताको बैंक खाता खोज्न प्रहरीले राष्ट्र बैंकलाई पत्र पठायो

भदौ ९, २०७६ मा प्रकाशित | 14484 views

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीको बैंक खाता खोज्न भन्दै प्रहरीले राष्ट्र बैंकलाई परिपत्र गरेको छ ।

आत्महत्या गर्नुअघि पुडासैनीले बनाएको भिडियोमा अकुत सम्पत्ति कमाएको भन्ने आरोप लागेपछि प्रहरीले तीनै जनाको बैंक स्टेटमेन्ट माग गरेको हो। अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट गएको एसपी दीपक रेग्मीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत बैंक खाता विवरण माग गर्दै राष्ट्र बैंकलाई पत्र लेखेको हो।

यसबारे जानकारी दिँदै एसपी रेग्मीले भने, 'हामीले आरोपीहरु तीनै जनाको बैंक स्टेटमेन्ट माग्दै राष्ट्र बैंकलाई पत्र लेखेका छौं। अहिलेसम्म स्टेटमेन्ट आइसकेको छैन।’
आत्महत्या गर्नुअघि पुडासैनीले विभिन्न व्यापारीहरुबाट रविले मोटो रकम उठाउने गरेको आरोप लगाएका थिए।

गत साउन २० गते चितवनको एक होटलमा पत्रकार पुडासैनी झुन्डिएको अवस्थामा फेला परेका थिए। उनले मर्नुअघि आफ्नो मोबाइलमा एक भिडियो बनाउँदै आत्महत्या गर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्की मुख्य रहेको बताएका थिए।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो। तीनै जना हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web