तीन दिनसम्म भारी वर्षा हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

भदौ ३, २०७६ मा प्रकाशित | 15504 views

काठमाडौ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि भएकाले मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताइन् । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशको पूर्वी तथा मध्यपहाडी  भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ ।  चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सर्तक रहन आग्रह गरिएको छ । सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

राति देशभर सामान्यतया बदली रहि मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भूभागको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web