<p>शान्तिबजार । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरी भट्टले जानकारी दिनुभयो ।<br><br>उहाँको अनुसार आमासंग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गता समेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।<br></p>
19.74¡ÆC