स्कुल विभागको नेतृत्व ईश्वर पोखरेललाई, नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग

साउन ३१, २०७६ मा प्रकाशित | 4551 views

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले यो विभागको जिम्मेवारी पाउनुभएको हो ।  नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई स्कुल विभागको नेतृत्व दिने सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको हो ।

स्कुल विभागमा पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशको पनि दाबी थियो । दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको छलफलमा विभागको जिम्मेवारी पोखरेललाई दिने सहमति भएपछि एकताका बाँकी काम अघि बढेको हो । स्कुल विभाग पोखरेल र प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिँदै विवाद मिलाइएको छ ।

यसबाहेक संगठन विभाग प्रमुखमा बामदेव गौतम, नीति तथा प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल तथा विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपालले पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web