शान्तिबजार करेन्ट घटना : पीडित परिवारलाई ९ लाख २५ हजार र रोजगार दिने गरेर भयो सहमति

साउन ३१, २०७६ मा प्रकाशित | 7268 views

विदुर । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामाग्रि बोकेर फ्याक्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सहचालकको परिवारलाई ९ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति र श्रीमतिलाई जागिर लगाइदिने सहमति भएको छ ।

बिहीबार रातीसम्म जिल्ला प्रहरी कार्यालय विदुरमा भएको छलफल पश्चातको तीन पक्षसंग भिन्दा भिन्दै भएको सहमति अनुसार थ्री बी निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी स्वीफा आन्हे गु्रप कम्पनी लि.ले अहिले देखि नै थ्री बी जलविद्युत आयोजामा मृतक रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङको श्रीमति लक्ष्मी बानिया (थिङ)लाई रोजगार दिने र उक्त रोजगारीको व्यवस्था थ्री बी आयोजना सञ्चालनमा आए पश्चात समेत निरन्तरता दिने सहमति भएको छ । उक्त सहमतिमा चिनियाँ कम्पनीको तर्फबाट जनसम्पर्क अधिकृत रेसिका थापा र मृतकका बुबा शुकुलाल थिङले हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्पनीसंग भएको सहमति अनुसार उक्त कम्पनीमा रोजगार दिने र त्यहाँ रहेका करीब एक सय ५० कर्मचारीबाट संकलन गरेर दुई लाख रुपैयाँ १५ दिनभित्र दिने सहमति मृतकको बुबा शुकुलाल थिङसंग भएको हो ।
यसैगरी, उक्त कम्पनीमा गाडी व्यवस्थापनको जिम्मेवारी लिएका नुवाकोट मनकामनाको भूमिराज तामाङले बिहीबार नै एक लाख रुपैयाँ दिइसकेका छन भने अब एक महिना भित्र ५ लाख २५ हजार रुपैयाँ दिने सहमति भएको छ ।
त्यसैगरी दुर्घटना भएको स्थल हिम्दुङ एण्ड थोकर कन्सट्रक्सनको क्रसरले रु एक लाख सोमबारभित्र दिने सहमति भएको छ । क्रसरको तर्फबाट प्रतिनिधि हेमेन्द्र लामाले हस्ताक्षर गरेका छन् ।

पीडित पक्ष र घटनामा जोडिएका सरोकार राख्ने पक्षबीच भएको एकीकृत सहमति अनुसार तीन पक्षबाट मृतक विक्रमको नौ महिनाको छोराको लागी शिक्षा तथा लालनपालनमा सहयोग पु-याउन नौ लाख २५ हजार रुपैयाँ सहयोग एंव क्षतिपूर्ति उपलब्ध गराउने सहमति पश्चात पीडितले शव बुझेका छन् । बालकको भविष्यको लागी उक्त रकम र घरमा कमाउने मूली व्यक्तिको निधनको कारण मृतकको श्रीमतिलाई उनको क्षमता र योग्यता अनुसार थ्री बि निर्माण गर्ने कम्पनी र पछि उक्त आयोजना चलेपछि पनि निरन्तरता पानउने गरेर रोगगारीको सुनिश्चितता सहितको सहमति भएको हो ।

बिहीबार बिहान थ्री बीको टनेल खनेपछि उत्पन्न ढुङ्गा  लगायतकाा विकारलाई बिसर्जन गर्ने क्रममा १९ वर्षका विक्रम थिङ गम्भीर घाइते भएका थिए । उनको उपचारको लागी जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

बा.४ ख ८७१८ नं. को ट्रिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका विष्णुबहादुर सहचालकको काका रहेकाले उनलाई पनि छाड्नेको लागी पीडित परिवारले माग गरेका छन् । प्रहरीले कानूनी प्रक्रिया पूरा गरेर मात्र छाड्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web