रवि लामिछानेलाई आज अदालत लगिने, म्याद थप गरेर हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीको तयारी

साउन ३१, २०७६ मा प्रकाशित | 11569 views

चितवन ।  शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो ।  न्युज २४ टेलिभिजनले पनि बिहीबार नै उनी पक्राउ परेको जनाउँदै उनले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो ।
प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि पक्राउ गरिएको थियो ।

लामिछानेलाई उक्त कार्यक्रम प्रसारण नगर्न प्रहरीले अनुरोध गरेको स्रोतले जनायो । तर लामिछानेले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको जनाएपछि बेलुका कार्यक्रम सञ्चालन हुनुभन्दा अघि नै नियन्त्रणमा लिइएको थियो । आत्महत्या गर्नुअघि पुडासैनीले तयार पारेको भिडियोमा लामिछानेले आफूलाई फसाउन अस्मिता कार्कीलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाउँदै कार्कीसँगै अष्ट्रेलिया पठाइदिने आश्वासन दिएको बताएका छन् ।

तर त्यसैलाई आधार बनाएर ‘बलात्कार अभियोग’मा फसाइदिने भन्दै लामिछानेसहितका तीनजनाले धम्की दिएको पुडासैनीले बताएका थिए ।  रविसँगै युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पुडासैनीले कँडेलको पनि नाम उल्लेख गरेका थिए ।  चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web