लमजुङको बेंसीसहर केन्द्रबिन्दु भएर भूकम्प गयो

जेष्ठ ८, २०७६ मा प्रकाशित | 14810 views

काठमाडौ । लमजुङमा मध्यरात र बिहानीपख भूकम्प गएको छ । भूकम्पका कारण कहींकतै क्षति भने पुगेको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार राति ११ बजेर ४७ मिनेट जाँदा ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो ।

यस्तै, बुधबार बिहानीपख ३ बजेर २८ मिनेट जाँदा ३.९ म्याग्नेच्युडको भूकम्प गएको छ। दुइवटै भूकम्पको केन्द्रबिन्दु लमजुङको बेंसीसहर नगरपालिका-३ गाउँसहर दरबारमुनीको क्षेत्र रहेको केन्द्रले जनाएको छ ।

मध्यरातमा गएको भूकम्पले एक्कासी ब्युँझिएर मानिसहरु घर बाहिर निस्किएका थिए । मानिसहरु सडकमा ओर्लिएर हल्लाखल्ला गरेका थिए ।  पहिलो भूकम्प करीब ५ सेकेन्ड र पछिल्लो भूकम्प करीब ३ सेकेन्ड जति महसुस गरिएको स्थानीयले बताएका छन् । भूकम्पको धक्का महसुस भएपनि कुनै  क्षति नभएको लमजुङका डिएसपी यादव ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web