देश बचाउन राष्ट्रिय स्वयंसेवक चोकचोकमा

बैशाख १६, २०७६ मा प्रकाशित | 14477 views

काठमाडौ । "जय देशको नाराले, मातृभूमिको संरक्षण गरौ साराले" भन्ने मुख्य लक्ष्य लिएको राष्ट्रिय स्वयंसेवकले अब प्रत्येक चोकचोकमा आफ्नो अभियानलाई तीव्रता दिदै मुलुकमा पछिल्लो समयमा बढिरहेको अन्याय अत्याचार  भ्रष्टाचार  लगायतका बिकृतीको बिरोध गर्ने भएको छ ।

अभियान मार्फत नेतृत्वलाई जिम्मेवार तथा जागरुक बनाउन जनताबाट नै दबाब सिर्जना गर्न राष्ट्रिय स्वयंसेवक सडकमा उत्रिएको छ । राष्ट्रिय स्वयंसेवकले शनिबार काठमाडौको माछापोखरी चोकमा आयोजना गरेको वृहत्त कार्यक्रम मार्फत अब देशमा युवा शक्तिले मात्र नेतृत्व लिने र पाको उमेरका नेतृत्वबाट अबकास लिनुपर्ने लगायतका अभियान चलाएको हो ।

माछापोखरी चोकबाट आफ्नो अभियान सुरुवात गरेको राष्ट्रिय स्वयंसेवकका पदाधिकारहरु संयोजक श्रीराम घिमिरे, महासचिव पुरुषोत्तम गजुरेल, सचीव  बिमल क्षेत्री, प्रबक्ता सफलता बोगटी, कोषाध्यक्ष गायत्री सापकोटा, सह- कोषाध्यक्ष सरिता पण्डित लगायतका बक्ताहरुले देशको परिस्थिति अबस्थाको बारेमा आ आफ्नो धारणा राखेका थिए ।

उक्त अवसरमा युवाले अब यही सडक बाट  उठ्नु पर्ने अब सिंहदरबारमा जथाभावी देश र जनता बिपरित काम गर्ने नेता बिरुद्द ससक्त भएर लाग्ने उद्घोष गरेका थिए भने हजारौको सङ्ख्यामा रहेका दर्शकहरुले ताली बजाएर समर्थन जनाएका थिए ।

सँस्थाले हरेक हप्ताको एक दिन काठमाडौको प्रत्येक चोकबाट युवालाई जगाउने देशब्यापी रुपमा अभियान सफल बनाउने प्रबक्ता सफलता बोगटीले बताउनुभयो ।

अभियान मार्फत मुलुकमा सरकारबाटै भइरहेको भ्रष्टाचार निवारण, महिला
राष्ट्रपति हुदाँ पनि  महिला बालिकाहरु असुरक्षित हुनुपरेको अबस्था, बढ्दो
सीमा अतिक्रमण लगायतका राष्ट्रिय मुद्धा लिएर काठमाडौ हुदै मुलुकभर पुग्ने
योजना रहेको सँस्थाका सहकोषाध्यक्ष सरिता पण्डितले बताउनुभयो ।

कार्यक्रममा सहभागी स्थानीय समाजसेवी, शिक्षक, विद्यार्थी, व्यवसायी लगायत युवा बर्गले अभियानमा प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web