जनकपु्रमा हावाहुरीले दुईको ज्यान लियो

बैशाख १५, २०७६ मा प्रकाशित | 15147 views

काठमाडौ । धनुषामा आज (आइतबार) बिहानै आएको भिषण हावाहुरीका कारण २ जनाको मृत्यु भएको छ।

बिहान करिब साढे ३ बजे आएको हावाहुरीका कारण हालसम्म २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ। मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–५ का ६० वर्षीय रामपती मुखिया र ६५ वर्षीय महावीर दास तात्म रहेका छन्।

हावाहुरीले जनकपुरको विभिन्न भागमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। अचानक आएको विनाशकारी हावाहुरीका कारण जनकपुरको पुल्चोकमा रहेका घरटहरा, बिजुलीको पोल, तथा रुखहरु ढेलेका छन्। विद्युतका केही ट्रान्सफर्मरसमेत ढलेका छन्। यसकारण केही क्षेत्रमा विद्युत सेवा समेत अवरुद्ध भएकाे छ।

बारा पर्सामा गत चैतमा गएको विनाशकारी हावाहुरीभन्दा कमजोर भएपनि यसले धनुषाको विभिन्न ठाउँमा व्यापक क्षति पुर्‍याएको बताइएकाे छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले भने, 'जिल्लाभरी शक्तिशाली हावाहुरीका कारण धेरै नै क्षति पुगेकाे छ। के कति क्षति भएको छ यसको बारे जानकारी संकलन गरिरहेका छौँ। विस्तृत पछि जानकारी गराउने छौँ।'

जनकपुरको पुल्चोकमा रहेका केही घरटहराको छाना उडाउनुका सथै केही भत्किएका पनि छन्। नयाँ बन्दै गरेकाे एक घर पनि हावाहुरीका कारण ढलेकाे छ।

'अहिले सडकमा ढलेका रुख तथा बिजुलीका पाेलहरुकाे व्यवस्थापन गरिँदै छ', कार्कीले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web