नुवाकोट फिकुरीको मेनुकाले विष खाएको नभई हत्या भएको आशंका

बैशाख १५, २०७६ मा प्रकाशित | 12882 views

विदुर । विष सेवन गरी मृत्यु भएको भनिएकी महिलाको मृत्यु रहस्यमय बन्दै गएको छ। गत वैशाख ७ गते त्रिपुरासुन्दरी गाउँपालिका- स्थित कार्की गाउँकी मेनुका न्यौपानेले विष सेवन गरी आत्महत्या गरेको खबर बाहिर आएको थियो।

मृतक न्यौपानेको माइती पक्षले भने मेनुकाले विष सेवन गरेर आत्महत्या गरेको नभइ घरपरिवारले कुटपिट गरी हत्या गरेर विष खुवाइएको दावी गरेका छन्।

विष खाएको भनिएको मृतक मेनुकाको शरीर भरी नीलडाम, अनुहारमा चोटपटक, र कपडा समेत भिज्ने गरी नाक मुखबाट रगत बगेको देखिएकाले आत्महत्या हुनै नसक्ने भन्दै निष्पक्ष छानविनका लागि मृतक मेनुकाका भाइ बासुदेव न्यौपानेले माग गरेका छन्।

मृतक महिलाको ३ महिनाअघि मात्रै (गत २०७५ माघ २३ गते) धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- ४ कार्कीगाउँका रुपेश ढुङ्गानासँग मागी विवाह भएको थियो।

विवाह गर्ने बेलामा केटीपक्षले दाइजो दिन नसक्ने सहमती गरेर विवाह गरिएको र पछि पटकपटक दाइजो मागेर बहिनीलाई दुःख दिएकोकाले उनको हत्या भएको माइतीपक्षले आशंका गरेका छन्।

नुवाकोट किस्पाङ गाउँपालिका- २ घर भएका मृतक मेनुकाका भाइ बासुदेवले भने, 'विवाहको १६ औं दिनमा माइती आउँदा नै बहिनीले घरमा दाइजो नल्याएको भनेर आफूलाई मानसिक र शारीरिक यातना दिएको बताएकी थिइन्। पछि विवाह गराउने लमीमार्फत पनि दाइजोको माग गरियो। हामीले विवाह गर्नुअघि नै कुनैपनि किसिमको दाइजो नलिने÷नदिने सहमती गरी विहे गरिएको भन्दै दाइजो दिन नसक्ने जवाफ फर्काएका थियौं।'

घटना हुनु एक दिनअघि (वैशाख ६ गते) पनि बहिनीले फोन गरेर आफू भोली माइत आउने बताएकी तर ७ गते बिहानैदेखि बहिनीको मोबाइल अफ भएको बासुदेवले बताए।'घटनाको विषयमा हामीलाई घरपरिवारले कुनैपनि जानकारी दिएन,'बासुदेवले भने, 'गाउँलेमार्फत विष खाएर मृत्यु भएको जानकारी पाएपछि हामीले घर परिवारसँग बुझ्दा उपचार भइरहेको भनेर ढाँटियो ।'

घटनाको विषयमा किटानी जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिए पनि दर्ता गर्न नमानेको मृतकका माइतीपक्षले आरोप छ।'हामीलाई हाम्रै ज्वाइमाथि शंका छ, तत्काल नियन्त्रणमा लिएर अनुसन्धान होस,' बासुदेवले भने।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले भने जाहेरी लिएर सुक्ष्म अनुसन्धान भइरहेको बताए।  उनले भने, 'मृतकको जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरिएपनि हालसम्म पोष्टमार्टम रिपोर्ट नआएको र शवको भिसेरा परीक्षणको लागि पनि नमूना काठमाडौं पठाएको छौं।'

रिपोर्टमा कर्तब्य ज्यान देखिए तत्काल कारवाही प्रक्रिया अघि बढाउने एसपी बैदवारले जानकारी दिए।घटनाको विषयमा बुझ्न खोज्दा मृतक मेनुकाका श्रीमान् रुपेश ढुङगानाको ९८६६३१८५२८ नम्बरको मोबाइल भने स्वीच अफ गरिएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web