हावा-हुरी पीडितलाई नुवाकोट जेसिजबाट राहत संकलन, ५५ हजार कोषमा दाखिला

चैत्र २१, २०७५ मा प्रकाशित | 10381 views

नुवाकोट । “मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूख्य अभियानको साथ जेसिज नुवाकोटले गत साता बारा र पर्सामा  हावाहुरीबाट  पीडित बनाएका बासिन्दाको लागी यहाँ आर्थिक सहायता सङ्कलन गरेको छ ।

बिपत्तिमा परेका पिडितलाई सहयोग गर्ने उद्देश्यका साथ बुधबार नुवाकोटको बट्टार स्थित राममन्दिरदेखि दम्कीसम्म नुवाकोट जेसिजको आयोजनामा आर्थिक राहत सङ्कलन गरेर ५५ हजार रुपैयाँ सङ्कलन गरेको नुवाकोट जेसीज नुवाकोटका वर्ष २०१९ का अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।

सङ्कलन  भएको उक्त रकम नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दवबहादुर थापामार्फत् प्रदेश नम्बर २ को हावाहुरि पिडितको लागि पठाइएको छ । संकलन भएको रकम प्रजिअ थापाको सुझाब अनुसार पीडितको सयोगार्थ खोलिएको आधिकारिक खाता प्रदेश लेखा नियन्त्रक कार्यालयको खाता नम्बर १२२०५०३०००००० मा रकम जम्मा गरिएको हो ।

नुवाकोट जेसिजको ध्यानाकर्षण :
यसैबीच, आर्थिक राहत सङ्कलन कार्यक्रमलाई दैनिकी अनलाईन, अनुपम मिडिया लगायतका केही  सञ्चार माध्यमले समाचारलाई बंग्याएर आसन्न नुवाकोट उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रमेश श्रेष्ठले चुनावी प्रचारनै छाडेर सहयोग सङ्कलनको लागि हिडेको भनि प्रकाशन गरेको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नुवाकोट जेसिजको बुधबार विज्ञप्ति मार्फत आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

मानव सेवाका लागि संचालित अभियानलाई राजनीतिक रङ्ग दिने र अनावश्यक जस लिने जस्ता गलत प्रवृत्तिले मानव सेवाको क्षेत्रमा लागेकाहरुलाई बिचलित बनाउने दुष्प्रयास भएको छ तसर्थ यस सम्बन्धि समाचारहरु भ्रामक भएको र यस्ता समाचारहरुमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहेको विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web