<p>काठमाडौं । आइतबार साझ बारा र पर्सामा आएको हावाहुरीका कारण ३१ जनाको ज्यान गएको छ भने ४ सय जना घाइते भएका । हावाहुरीका कारण बारामा २७ जना र पर्सामा ५ जनागरी जम्मा ३२ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । आइतबार बेलुका ७: ३० बजेतिर अकश्मात ठूलो हावाहुरी चल्दा ठूलो मानवीय क्षति भएको हो । घाइतेको उद्दार गरी उनीहरुको जिल्लाका बिभिन्न अस्पतालमा उपचार भैरहेको छ।<br><br>आँधीका कारण घरमा माथि रुख ढलेको र घर भत्किँदा पुरिएएर ठूलो संख्यामा मानविय क्षति भएको छ । अहिलेसम्म भौतिक क्षतिका आंकलन नै गरिएको छैन। यसैबीच हावाहुरीका कारण मृत्युहुनेप्रति प्रधानमन्त्री केपी ओलीले दुःख व्यक्त गरेका छन । उनले उद्दारमा गम्भीर हुन र घाइतेको उपचारका कुनै पनि कमी आउन नदिन स्थानीय प्रशासनलाई निर्देशितगरेका छन । साथै उनले मृतकप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना समेत प्रकट गरेका छन ।<br></p>
22.25¡ÆC