नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको प्रदेस नं. ३ को अध्यक्षमा पेमा लामा चयन

चैत्र २, २०७५ मा प्रकाशित | 6754 views

नुवाकोट ।  नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) ३ नं प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आज सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, सङ्गठन सचिवमा पूर्णिमा स्याङ्वा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत नवदीप श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, सहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बू, नवीन रानामगर, राजेश बज्राचार्य, पुष्पा राई हायु निर्वाचित हुनुभएको छ ।

अधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पनि चयन गरेको छ । समितिको सदस्यमा राजकुमार शाक्य र रिदेन महर्जन चयन हुनुभएको छ ।

शुक्रबार शुरु भएको अधिवेशनमा ३ नंं प्रदेशका १३ जिल्लाका १२० प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । फोनिजको प्रदेश समितिमा पहिलोपटक ३ नं प्रदेशले अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्न सफल भएको संयोजक समीर बलामीले बताउनुभयो ।

यसअघि शुक्रबार अधिवेशनको उद्घाटन गर्दै सांसद हितबहादुर तामाङले जनजाति पत्रकारले जनजातिका विषयमा मात्र केन्द्रित नभई मूलधारको पत्रकारितामा पनि नेतृत्व लिनको लागि लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले जनजातिको भाषिक नाम अपभ्रंश भएकाले त्यसलाई सच्याउनको लागि पत्रकारले अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभयो ।

फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङले जनजाति पत्रकारले आफ्नो जातिगत पहिचानको मुद्दालाई भुल्न नहुने बताउनुभयो । कार्यक्रममा प्रदेश समितिले दोलखाका पत्रकार राजेन्द्र मानन्धर, फोनिज जिल्ला समितिले नुवाकोटका पत्रकार नवदीप श्रेष्ठ र राजकृष्ण श्रेष्ठलाई सम्मान समेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web