तुप्चेमा तीनदिने निःशुल्क आँखा शिविर, परीक्षणदेखि शल्यक्रियासम्मको सुविधा उपलब्ध

फाल्गुन १, २०७५ मा प्रकाशित | 7378 views

विदुर । नुवाकोटको तुप्चेमा बुधबारदेखि सुरु भएको निःशुल्क आँखा शिविरमा पहिलो दिन १२६ जना बिरामीको आँखाको शल्यक्रिया गरिएको छ ।
जिल्लाको विभिन्न स्थानमा गरिएको निःशुल्क आँखा परीक्षणमा पत्ता लगेका बिरामी तथा तुप्चे स्थित चण्डेश्वरी माध्यामिक विद्यालयमा सञ्चालन भइरहेको आँखा परीक्षणबाट भेट्टिएका मोतियाबिन्दु लागेका बिरामीको शल्यक्रिया अन्तरगत पहिलो दिन उक्त सङ्ख्याको बिरामीलाई सेवा दिइएको हो ।

शिविर सञ्चालनमा तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौ, सामुदायिक आँखा केन्द्र विदुर र नेपाल रेडक्रस सोसाइटी नुवाकोट सयुक्त आयोजक रहेको छ ।
यसैगरी तुप्चेमा क्रियाशिल रहेको २५ विभिन्न सामाजिक सँस्था एवम् सरकारी सँस्था क्रियाशिल रहेका छन् ।

शिविरको बुधबार उद्घाटन गर्नुहुदै प्रदेसभा सदस्य हिरानाथ खतिवडाले गुमेको ज्योतीलाई पुनः दिलाउनको लागी सञ्चालन गरिएको शिविर मानवीय सेवाको उत्कृष्ट कार्य भएको बताउनुभयो । उहाँले शिविर सञ्चालनको लागी स्थानीयस्तरबाट आयोजक भएर देखाएको सक्रियताको प्रशंसा गर्नुभयो ।

तीनदिनसम्म चल्ने शिविरमा जिल्लाको तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौबाट आएका दक्ष एवम् अनुभवी चिकित्सकहरुको टोली आँखा परीक्षण र शल्यक्रियाको लागी खटिएका छन भने उहाँहरुलाई सामुदायिक आँखा केन्द्र विदुरका इञ्चार्ज शंकर अधिकारी लगायतको टोलीले सहयोग पु-याइरहेको शिवरको स्थानीय आयोजक न्यू तुप्चे युवा क्लबका सदस्य निराजन बोगटीले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमको सभापति एवम् स्थानीय आयोजक चण्डेश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
विणुबहादुर बोगटीले शिविरको लागी विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले स्वयसेवक भएर जाँच तथा उपचारको लागी आएका विरामीलाई सहयोग पु-याउने बताउनुभयो । बुधबारदेखि सुरु भएको शिविर शुक्रबारसम्म चल्ने छ । शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीले एक जना सहयोगीको साथमा बस्नको लागी लत्ताकपडाको व्यवस्था भने आफै मिलाउन रेडक्रस नुवाकोटका उपकोषाध्यक्ष उद्धव शर्मा रिजालले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web