विदुर नगरपालिकाको सभाले ६ करोड ७१ लाख पुरक बजेट र पाँच नयाँ कानुन ल्यायो

फाल्गुन १, २०७५ मा प्रकाशित | 1167 views

नुवाकोट । विदुर नगरपालिकाको चौथो नगरसभाले अति आवश्यक देखिएका योजना सञ्चालनको लागी रु छ करोड ७१ लाख बराबरको पुरक बजेट बिनियोजन गरेको छ ।

मंगलबार बसेको नगरसभाले थप पुरक बजेट नगरसभामा छलफल तथा केही शंशोधन सहित सर्वसम्मत रुपमा स्वीकृत गरेको नगरपालिकाको प्रमुख सञ्जु पण्डितले जानकारी दिनुभयो ।

उहाँको अनुसार बिनियोजित बजेटमा सडक विस्तार तथा स्तरउन्नती, खानेपानी एवम् डिप बोरिङ योजना सञ्चालन, विभिन्न सात वडा कार्यालयको भवन निर्माण, लक्षित क्षेत्रको लागी थप रकम तर्जुमा, एम्बुलेन्स खरिद लगायतलाई प्रथामिकता दिइएको छ ।

नगरसभाले नगरप्रहरी सञ्चाल कार्यविधि, २०७५, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र सम्बन्धि कार्यविधि, २०७५, बालगृह सञ्चालन कार्यविधि, २०७५, बालबिबाह विरुद्ध कार्यक्रम सञ्चालन खर्च कार्यविधि, २०७५ र सडक बालबालिका व्यवस्थापन खर्च कार्यविधि, २०७५ पारित गरेको उपप्रमुख गिता दाहालले जानकारी दिनुभयो ।

यसैगरी, थप पाँच कानुन माथी छलफल भएपनि केही सुुधार गर्नुपर्ने भएकाले संशोधनको लागी कार्यपालिका बैठकमा पठाउने निर्णय सभाले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web