शुभेनियर बोर्डिङ र अर्किड एकेडेमी ‘ए’ सेमिफाइनलमा

फाल्गुन १, २०७५ मा प्रकाशित | 9270 views

विदुर । नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी बिधालय स्तरिय क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारको खेलमा शुभेनियर बोर्डिङ स्कुल र अर्किड एकेडेमी ‘ए’ विजयी भएका छन् । जितसंगै दुबै बिद्यालय सेमिफाईनलमा समेत प्रवेश गरेका छन् ।

शुभेनियर बोर्डिङ स्कुल र अर्किड एकेडेमी ‘बि’ बिच भएको पहिलो खेलमा शुभेनियर बोर्डिङ १ विकेटले बिजयी भएको नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले जानकारी दिनुभयो ।
टस जितेर पहिले ब्याटिङ गरेको अर्किड ‘बि’ ले १७.३ ओभरमा अलआउट हुँदै ७९ रन बनायो । अर्किड ‘बि’ तर्फबाट उत्तम पाण्डेले नटआउट १७ रन बाहेक अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ शुभेनियरका प्रवेश श्रेष्ठ र सहदेव डङ्गोलले समान ३/३ विकेट लिए भने गौरव गजुरेलले २ विकेट लिए ।

८० रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रिएको शुभेनियरले १७ ओभरमा ९ विकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो । शुभेनियरको तर्फबाट प्रवेश श्रेष्ठले १५ रन र दिपेश सुनारले १२ रन बनाए । बलिङतर्फ अर्किड ‘बि’ का आयुष पाण्डेले ५ विकेट र सुमन मिजारले ३ विकेट लिए । खेलमा १५ रन र ३ विकेट लिएका शुभेनियरका प्रवेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।

त्यस्तै अर्किड एकेडेमी ‘ए’ र सहिद जगत प्रकाश जंग शाह संस्कृत बिधालय बिच भएको दोस्रो खेलमा अर्किड एकेडेमी ‘ए’ १ विकेटले बिजयी भएको हो । जितसंगै अर्किड एकेडेमी ‘ए’ सेमिफाइनलमा समेत प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सहिद जगत प्रकाश जंग शाह संस्कृत बिधालयले १३।४ ओभरमा अलआउट हुँदै ४९ रनको सामान्य योगफल तयार पार्यो । देविघाट संस्कृतका तर्फबाट अनिष नेपालले १६ रन बाहेक अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । देविघाट संस्कृतलाई सस्तोमा समेट्न अर्किड ‘ए’ का कुशल नेपाली ५ विकेट लिए । त्यस्तै सुमित कुवरले पनि २ विकेट लिए ।

५० रनको सामान्य लक्ष्य पछ्याएको अर्किड एकेडेमी ‘ए’ को सुरुवात खासै राम्रो हुन सकेन । कुशल नेपालीको १४ रन बाहेक अन्य कुनै ब्याटसम्यानले दोहोरो अंक जोड्न नसक्दा अर्किड ‘ए’ झन्डै हारको संघारमा पुगेको थियो । अर्किड ‘ए’ लाई धारासायी बनाउन देविघाट संस्कृतका श्रीतेश राई एक्लैले ६ विकेट लिए । प्रतियोगिताकै उत्कृष्ट बलिङ गर्ने क्रममा उनले ४ ओभरमा १३ रन खर्चिएका थिए । त्यस्तै राजीव भण्डारीले पनि ३ विकेट लिए । खेलमा ५ विकेट र १४ रन बनाएका कुशल नेपाली म्यान अफ दि म्याच घोषित भए ।

लिगको अन्तिम खेल बिहीबार च्वाडी पब्लिक स्कुल र अर्किड एकेडेमी ‘बि’ बिच बिहान ८ बजे हुनेछ ।

फोटो सौजन्य : http://kakanikhabar.com (ककनीखबर डट कम)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web