नारी जागरण समाजले बनाए नयाँ भवन, सांसद् हितबहादुर तामाङबाट उद्घाटन

मंसिर ८, २०७५ मा प्रकाशित | 4448 views

थप्रेक । नेकपा प्रदेस नं ३ सहइञ्चार्ज एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले महिला शसक्तिकरणको लागी गाँउबस्ती देखि नै जागरुक भएर प्रतिस्पर्धाको लागी अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नारी जागरण समाज, थप्रेकले पञ्चकन्या गाँउपालिका वडा नं ४ सुवारडाँडामा करीब नौ लाख रुपैयाँको लगानीमा बनाएको दुई कोठे भवनको मंसिर ८ गते शनिबार उद्घाटन गर्दै सांसद तामाङले नेपालको कानूनले महिला र पुरुषलाई समान हैसियतमा स्थापित गरेपनि कार्यान्वयनको लागी महिला आफै जागरुक नहुदाँ समाजमा लैङ्गिक विभेद कायम रहेको बताउनुभएको छ ।

उहाँले नारी जागरण समाजमा आबद्ध भएका दिदीबहिनीहरुमा रहेको जोश, जागर र मनोबल उच्च रहेको पाएकाले समाज परिवर्तनमा सँस्था र समूहमा आबद्ध भएमा त्यसबाट पनि थप उत्प्रेरणा जाग्ने बताउनुभएको छ । उहाँले भवन निर्माणको समयमा आर्थिक लगानी गरेको र आगामी दिनमा समाज मार्फत सञ्चालन हुने कार्यक्रमको लागी पनि सहयोगको प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष रमा तामाङले थप्रेक सहित आसपासमा रहेका चेलीहरु मिलेर स्थापना भएको समाज माफर्त अहिले जिल्लामा महिला समाजिक सँस्थाको भिन्दै हैसियत बनाउन सकेको भन्दै नयाँ भवनको निर्माणले थप हौसला मिलेको बताउनुभएको छ ।

कार्यक्रममा पञ्चकन्या गाँउपालिका वडा नंं १ वडाध्यक्ष मणीनाथ लामिछाने, वडा नं. ३ का वडाध्यक्ष रामबाबु पराजुली, वडा नं. ४ का वडाध्यक्ष बुद्धिबहादुर तामाङले समाजले समुदाय परिवर्तन, महिला शसक्तिकरण तथा समुदाय रुपान्तरणमा पु-याएको योगदानलाई वडा मार्फत सहयोगको प्रबिद्धता जनाउनुभएको छ ।

कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने जग्गादाता विष्णुबहादुर थापा, भवन निर्माणमा सबैभन्दा धेरै नगद रुपैयाँ सहयोग गर्ने सँस्थाका सचिव समेत रहनुभएका शान्ता खानाल, त्यसैगरी भवन बनाउन आर्थिक सहयोग संकलनको लागी देउसीभैली कार्यक्रममा सहयोग गर्ने २५ जना कलाकार लगायतलाई समेत सम्मान गरिएको सस्थाका सदस्य निर्मला तामाङले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web