नुवाकोट । त्रिशूली जलविद्युत उत्पादन केन्द्रमा सर्किट ब्रेकर पड्केर आगलागी हुदाँ दुई जना घाइते भएका छन् । घाइते हुनेमा प्राधिकरणमा कार्यरत ईञ्जिनियर प्रविण चौधरी र सुपरभाइजर गुञ्जमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

केन्द्रमा काम गरिरहेको समयमा मंसिर ८ गते शनिबार अपरान्हको पौन चार बजे २ नं. सर्किट ब्रेकर पड्केर निस्किएको आगोको ज्वालाले चौधरी र तामाङलाई घाइते बनाएको हो ।

घाइते भएका दुवै जनाएको अनुहार र हातमा चोट लागेको छ । घटनामा सुपरभाइजर तामाङ गम्भीर घाइते भएको त्रिशूली जलविद्युत उत्पादन केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभएको छ । उनीहरुलाई उद्धार गरी जिल्ला अस्पताल त्रिशूलीमा उपचार गरी थप उपचारको लागी शनिबार साँझ नेपाली सेनाको हेलिकोप्टर मार्फत काठमाडौ पठाइएको छ ।

उत्पादन केन्द्रमा रहेको ब्रेकर पड्केपछि २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत उत्पादन केन्द्र र त्यही पानी लगेर सञ्चालनमा रहेको १४ मेगावाट क्षमताको देवीघाट जलविद्युत उत्पादन केन्द्रको विद्युत उत्पादन बन्द भएको छ ।
आगलागीले पु-याएको क्षतिको मर्मत गरी पूर्ण रुपमा सेवा सञ्चालनमा आउन करीब एक सातालाग्ने केन्द्रले जनाएको छ ।

जिल्लामा रहेका विद्युत केन्द्रबाट बिजुली उत्पादन नभएपनि केन्द्रीय प्रशारण लाइन मार्फत सुचारु बनाउने कार्य भने जारी राख्ने प्राधिकरणले जनाएको छ ।

16.33¡ÆC