नुवाकोट । आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलू टिम नुवाकोट बिजयी भएको छ । बट्टार स्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई बिजयी गराउन खेलको पहिलो हाफमा उचित लामाले निर्णायक गोल गर्नुभयो ।

आजदेखि सुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा घरेलुटोली नुवाकोट सहित थ्रीस्टार, फ्रेन्डस, नेपाल पुलिस, सशस्त्र, मदनभण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौं गरी दश टोलीले सहभागिता जनाएका छन् ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपबिजेतालाई रु तीन लाख सहित शिल्ड र मेडल रहेको छ ।
खेलको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो ।–––

17.12¡ÆC