काठमाडौं । सुन तस्करी मुद्दामा फरार रहेका एसएसपी श्याम खत्रीसहित तीन अभियुक्तविरुद्ध अन्तराष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले डिफ्युज नोेटिस जारी गरेको छ । इन्टरपोलले निलम्बनमा रहेका एसएसपी खत्रीसहित तीन जनाविरुछ नेपाल प्रहरीको सिफारिसमा डिफ्युज नोटिस जारी गरिएको हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संगठीत रुपमा भएको सुन तस्करी मुद्दामा एसएसपी खत्रीसहित फरार अनिएका सुन तस्करीका नाइके एमके भनिने मोहन कुमार अग्रवाल र रमेश उप्रेतीविरुद्ध मंगलबार सँझ नोटिस जारी भएको आजको राजधानी दैनिकले खबर छापेको छ ।

24.96¡ÆC