सुटुक्क बढाइयो मेलम्चीको सुरुङ खन्ने म्याद

चैत्र १३, २०७४ मा प्रकाशित | 3167 views

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको म्याद थप भएको छ। निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसकेपछि मेलम्ची खानेपानी विकास समितिले सुटुक्क समय थपिदिएको हो। सुरुङ निर्माण सम्पन्न गर्ने मिति चैत १२ सम्म रहेको थियो।

समितिले ७९ दिन थपिदिएर सुरुङ सम्पन्न गर्ने म्याद २०७५ जेठ ३१ पुर्‍याएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले काम गर्न नसकेपछि समितिले यसरी पटकपटक म्याद थपिदिने गरेको छ। निर्माण कम्पनी सीएमसी डी–रेभेना इटलीको लापरबाहीका कारण फेब्रुअरी र मार्चमा मात्रै दुई हप्ता काम ठप्प भएको थियो।

निर्माण कम्पनीले मजदुरहरूलाई ज्याला नदिएका कारण गत फागुन १६ देखि पाँच दिन काम ठम्म भइको थियो। फागुन ३० देखि चैत ४ सम्म कम्पनीले डिजेल नकिनेका कारण काम रोकिएको थियो। निर्माण कम्पनीको लापरबाहीका बारे मेलम्ची खानेपानी विकास समितिका अधिकारीहरू बोल्न चाहँदैनन्। पटकपटक समय थप गर्नुका कारण पनि उनीहरूले सार्वजनिक गरेका छैनन्। गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web