यस्तो अबस्थामा भेट्टियो जंगलमा पुरुषको शव फेला

चैत्र १३, २०७४ मा प्रकाशित | 1406 views

१३ चैत, कपिलवस्तु । यहाँको शिवराज नगरपालिका–३, मदवाको उत्तरपट्टिको बीच जंगलमा सोमबार एक जना पुरुषको बेवारिसे शव फेला परेको छ ।

करीव ५५ वर्षको जस्तो देखिने पुरुषको शव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको छेउमा तीनवटा सोंफीको बोत्तल र सेल्फासको बट्टा भेटिएकाले रक्सीसँगै बिष सेवन गरेको हुनसक्ने प्रहरी निरीक्षक झवीन्द्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा एकदिन अघि मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । मृतकको पहिचान अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट उठाएको शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web