राष्ट्रिय सभा निर्वाचनका मतदातालाई विदेश भ्रमणमा रोक

माघ १६, २०७४ मा प्रकाशित | 917 views

<p>काठमाडौं । एमालेले राष्ट्रिय सभा निर्वाचनअघि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई विदेश भ्रमणमा जान रोक लगाएको छ । सोमबार दिउसो बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरु राष्ट्रिय सभा सदस्यको मतदाता भएकाले निर्वाचन अघि विदेश भ्रमणमा जान रोक लगाएको हो। सम्बन्धित प्रदेशका मतदातालाई अर्काे प्रदेशमा जानबाट समेत एमालेले रोक लगाएको छ।</p><p>यसैगरी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन जरुरी रहेको ठहर समेत एमालेले गरेको छ।</p><p>यसका लागि आजको स्थायी समितिले प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णयपनि गरेको छ। त्यस्तो तालिम एमाले स्थायी समितिले २१ माघकालागि तय गरेको छ।</p><p>एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तीका अनुसार २१ माघ राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले एमालेले त्यस अगावै प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो।&nbsp;बैठकले एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका काम गर्ने निर्णय पनि गरेको छ।</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web