पत्याउनु हुन्छ ? प्रचण्डको चुनावी खर्च ९ लाख ९४ हजार

माघ १, २०७४ मा प्रकाशित | 1054 views

<p>काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कति खर्च गरे होलान्? २५ लाखभन्दा बढी खर्च गर्न नपाइने निर्वाचन आयोगको नियम छ। धेरै गरे पनि निर्वाचन कार्यालयमा बुझाउने विवरणमा २५ लाख रुपैयाँभन्दा बढी खर्च &nbsp;गरेको कसैले लेख्दैनन्। दाहालले पनि त्यही हाराहारीको खर्च विवरण बुझाएको ठान्नुभएको छ भने तपाईं गलत हुनुहुन्छ। उनले पेस गरेको विवरणमा त्यसको आधा पनि खर्च नभएको देखिन्छ।&nbsp;</p><p>पूर्वप्रधानमन्त्री रहेका दाहालले आफ्ना &nbsp;प्रतिनिधि सूर्य सुवेदी पथिकमार्फत २८ पुसमा चितवन जिल्ला निर्वाचन कार्यालयमा खर्च विवरण पेस गरेका छन्। चुनावमा आफूले ९ लाख ९४ हजार ५४२ रुपैयाँ खर्च गरेको दाहालले जिकिर गरे। सो विवरण हेर्दा प्रतिनिधिसभा चितवनमा विजयी उम्मेद्वारमध्ये सबैभन्दा कम खर्च &nbsp;दाहालले गरेको देखिन्छ। नागरिक दैनिकमा समाचार छ।&nbsp;</p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web