नुवाकोटको विदुर नपा तुप्चेमा १९.४१ मेगावार्ट क्षमताको जलविद्युत् आयोजना बन्ने

पुस १५, २०७४ मा प्रकाशित | 2719 views

नुवाकोट ।

नुवाकोटको विदुर नगरपालिका वडा नं. ७ तुप्चेमा मध्य १९.४१ मेगावार्ट क्षमताको त्रिशुली गंगा जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।

आयोजनाले शनिवार वातावरणीय प्रभाव मल्याङ्कन सम्वन्धी सार्वजनिक सुनुवाईमा आयोजनाको विविध पक्षबारे जानकारी गराएको छ । विदुर नगरपालिका र किस्पाङ्ग गाउँपालिका तथा रसुवाको उत्तरगया गाउँपालिका भित्र तयार हुने छ । पाँच अर्ब रुपैयाँको लगानीमा परियोजना तयार हुने बताइएको छ ।

माथिल्लो त्रिशूली थ्री बी को क्यासेट परियोजनाको रुपमा निर्माण हुन लागेको मध्य त्रिशूली गंगाको लागि छुट्टै बाध बाधिने छैन । थ्री बी आयोजनाबाट आएको पानीलाई नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मनकामना र उत्तरगया गाउँपालिकाको वडा नं. ५ बाट मध्य त्रिशूलीमा खसालिने आयोजकले जनाएको छ ।

२ हजार ४ सय ६० मिटर सुरुङ र ४ सय ५० मिटर पेनस्टक मार्फत आयोजना निर्माण हुने छ । आयोजनाको विद्युत उत्पादन विदुर नगरपालिकाको तुप्चेस्थित अक्करेमा निर्माण हुने छ ।

पर्फेक्ट इनर्जी डेम्लपमेन्ट प्रालिका प्रवन्ध निर्देशक भरतकुमार खड्काले सुरुमा ५५ मेगावाट क्षमताको प्रस्ताव गरिएको परियोजानमा १५ खर्ब खर्च हुने र आम्दानी कम हुनेभएकोले १९ दशमलव ४१ मेगावाटमा झारिएको बताउनभयो । उहाँले आयोजना निर्माण हुँदा नेपालकै प्रसिद्ध उत्तरगया धामको पौराणिकतालाई जीवन्त दिनका लागि पनि आयोजनाको क्षमता कम गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web