नेपालमा सिमेन्ट उद्योगमा चिनको १५ अर्ब लगानिमा सम्झौता

पुस १२, २०७४ मा प्रकाशित | 1009 views

काठमाडौं ।

नेपालमा सिमेन्ट उद्योग स्थापना गर्न लगानी बोर्ड र चिनियाँ कम्पनी हुवासिन सिमेन्ट नारायणी प्रालिबीच आज प्रारम्भिक सम्झौता भएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र कम्पनीका तर्फबाट समुन्द्रपार विकास निर्देशक ल्यू च्याङ्बोले प्रारम्भिक लगानी सम्झौतामा हस्ताक्षर गर्नुभएको बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले जानकारी दिनुभयो ।

लगानी बोर्डले सिमेन्ट कम्पनी स्थापना गर्न १५ अर्ब बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

उक्त कम्पनीबाट पहिलो चरणमा तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

धादिङको पानीखर्कमा चुनढुंगा खानी उत्खनन गर्न अनुमति दिइएको थियो । सम्झौताअनुसार परियोजनाको कूल लागतको ०.२ प्रतिशत हुन आउने तीन करोड बराबरको रकम नेपाल सरकारलाई बुझाउने लगानी बोर्डले उल्लेख गरेको छ ।

कम्पनीले खानी प्राप्त गर्न नेपाल सरकारलाई ६० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले पछिल्लो सम्झौताले नेपालमा वैदेशिक लगानीका लागि उपयुक्त वातावरण भएको सन्देश गएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web