लापरवाहीको हद ! प्रश्न-‘दशैंमा के के गरिन्छ अर्थात ह्वाट इज कन्फ्ल्टि ?’

पुस ९, २०७४ मा प्रकाशित | 10236 views

काठमाडौं ।

दसैंमा के के गरिन्छ’ भन्ने वाक्यलाई अंग्रेजीमा कसरी उच्चारण गरिन्छ ? अंग्रेजी भाषामा सामान्य ज्ञान भएका व्यक्तिका लागि कुनै कठिन प्रश्न होइन यो।

धेरथोर अध्ययन गरेका विद्यार्थी र शिक्षकका लागि त झन् यो प्रश्न अत्यन्तै सहज हुनुपर्ने हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के९के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन्।

सुन्दा पत्याउन नसकिने यो रोचक घटना काठमाडौंमा सञ्चालित पूर्वी क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा देखिएको हो। कक्षा ६ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयको पूरै प्रश्नपत्रमा नेपालीमा सोधिएका प्रश्न र त्यसको अंग्रेजी उच्चारणमा आकाश-जमिनको भिन्नता देखिएको छ। तर, यस विषयमा न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई जानकारी छ न त माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार पाएको स्थानीय तहलाई नै !

नेपाली विषयको पहिलो प्रश्नको ‘क’ नम्बरमा नेपालीमा सोधिएको छ, ‘गाविस भनेको के हो ? ‘ तर यसलाई अंग्रेजीमा भनिएको छ, ‘हाउ मेनी लेभल अफ गभर्नमेन्ट आर देअर इन फेडरल गभर्मेन्ट सिस्टम ? ‘ त्यस्तै अर्को प्रश्न नेपालीमा सोधिएको छ, ‘मानव बेचविखन भनेको के हो ?

‘ यसलाई अंग्रेजीमा सोधिएको छ, ‘ह्वाट इज द फुल फर्म अफ एटिएम रु ‘

६० पूर्णांक रहेको यस विषयको अधिकांश प्रश्नको नेपाली र अंग्रेजी उच्चारणमा केही पनि मिल्दैन। यति हुँदाहुँदै पनि परीक्षा समितिले नयाँ प्रश्नपत्र नछापी गत बिहीबार यही प्रश्नबाट परीक्षा सम्पन्न गरेको छ।

पूर्वक्षेत्र परीक्षा समितिका अध्यक्ष रहेका नवीनग्राम माध्यमिक विद्यालय नांग्लेभारेका प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, ‘छापाखानामा छाप्ने बेला प्रश्नपत्र बिग्रेछ। परीक्षाको दिन मात्रै थाहा पायौं।’

परीक्षा समितिका शिक्षकले नजानेर भन्दा पनि प्राविधिक त्रुटिका कारण प्रश्नपत्र बिग्रेको दाबी गरे। उनले भने, ‘परीक्षा हलमा परीक्षार्थीलाई नेपालीमा सोधिएका प्रश्न सही भएकाले अंग्रेजीमा अनुवाद गरिएकोलाई बिर्सेर नेपालीअनुसार हल गर्न भन्यौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web