नेपाल र चिनबीच आपसी व्यापार विस्तारको लागि छलफल

पुस ३, २०७४ मा प्रकाशित | 1113 views

काठमाडौं ।
नेपाल भ्रमणमा रहेको चिनको ग्वाजाउ प्रान्तका भाइस गर्भनर चेन युवान जियान नेतृत्वको टोली र नेपालको बाणिज्य मन्त्रालय बीच सोमवार र्दुइपक्षीय छलफल भएको छ ।
छलफलमा नेपाल र चिनबीच आपसी व्यापार विस्तारको लागि सीमामा पूर्वाधारहरुको निर्माण, नेपालमा चिनिया लगानी विस्तार, गत बर्ष चिनिया बन्दरगाहको उपयोग गर्ने विषयमा र्दुदेहबीचमा भएका सम्झौता बमोजिम नेपालले पणएको प्रोटोकलको विषयमा छलफल भएको बाणिज्य मन्त्रालयले जनाएको छ ।
छलफलमा नेपालले नेपाल र चीन बिचको आयात निर्यातलाई सहज बनाउन तातोपानी नाका पुन संचालन गर्न, ग्वानझाउमा नेपाली कार्गो सामानको भण्डारणको लागि छुट्टै कन्टेनर फे्रट स्टेशन स्थापना गर्न आग्रह गरेको छलफल पछि बाणिज्य मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले जानकारी दिनु भयो ।
चिनिया पक्षले आपनो तहबाट गर्न सकिने कामहरु अघि बढाउने र केन्द्र सरकारको अनुमति पर्ने विषयहरमा केन्द्र सरकारलाई जानकारी गराउने बताएको पनि सचिव घिमिरे जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web