घुघुरकोट पुर्ण जन्मदर्ता र आधारभुत शिक्षा प्राप्त वडा घोषणा

पुस ३, २०७४ मा प्रकाशित | 845 views

Default News Image

अछाम ।

अछामको साफेबगर नगरपालिका वडानम्वर १० घुघुरकोटलाई एक कार्यक्रमका बिच पुर्ण जन्मदर्ता र अनिवार्य तथा आधारभुत शिक्षा प्राप्त वडा घोषणा गरिएको छ ।

“घुघुरकोटवासिको एउटै इच्छा, बालबालिकाका लागि पुर्ण जन्मदर्ता र अनिवार्य आधारभुत शिक्षा“ भन्ने मुल नारा सहित अनिवार्य आधारभुत शिक्षा र पुर्ण जन्मदर्ता कार्यान्वयन गर्ने प्रतिबद्द्ता समेत गरिएको छ ।

वडामा रहेका सबै बालबालिकाको ३५ दिन भित्र जन्म दर्ता गरिसकेपछि र सबै बालबालिकाले अनिवार्य रुपमा आधारभुत शिक्षा प्राप्त गरेको पाइएपछि भब्य कार्यक्रमका बिच प्रतिबद्धता घोषणा कार्यक्रम गरिएको हो ।

वडा अध्यक्ष लाल बहादुर खड्काको अध्यक्षतामा भयको घोषणा कार्यक्रमको प्रमुख अतिथिमा साफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवर रहनुभयको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web